काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३५१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५४ हजार ६४० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७४२ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७३.१ प्रतिशत संक्रमित निको भएका छन् ।

हाल नेपालमा १९ हजार ६२४ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ८ हजार ६९५ जना रहेका छन् । होम आइसोलेशनमा रहनेको संख्या १० हजार ९२९ छ । अहिले क्वारेन्टाइनमा ६ हजार ३१० रहेका छन् । आज १० हजार ८० जनाको पिसिआर परिक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ ।