तनहुँ - नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले काँग्रेसको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् । पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै उनले सबैका लागि मान्य नेतृत्व आवश्यक रहेको बताएका हुन् ।

गृह जिल्ला तनहुँमा कार्यकर्तासँग भेट गर्दै उनले गुट र उपगुट समाप्त पार्ने नेतृत्व पाए कांग्रेसलाई कसैले हराउन नसक्ने जिकिर समेत गरे । पछिल्लो समय कांग्रेसमा देउवाइतरका नेता कार्यकर्ताहरुले भेटघाट बाक्लो बनाइरहेका छन् ।