प्रचण्ड-नेपाल पक्षले आज देशभर विजय जुलुस गर्दै
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षले आज देशभर विजय जुलुस गर्ने भएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगै खुसीयालीमा प्रचण्ड-नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले आज काठमाडौँ उपत्यकासहित देशैभर विजय जुलुस गर्न लागेको हो ।
केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार काठमाडौंको शान्तिवाटिकामा दिउँसो १२ बजे विजय जुलुस आयोजना गरेको छ । उपत्यकाबाहिरका जिल्लामा भने बिहान ८ बजे सदरमुकामहरुमा जुलुस निकालिने छ ।
काठमाडौँमा हुने विजय जुलुसलाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । अध्यक्षद्वय प्रचण्ड-नेपाल अहिले भने चितवनमा तय भएको कार्यक्रमका लागि उतै छन्।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदमका साथ प्रतिनिधि सभा विघटन गरेका थिए । जसलाई मंगलबार सर्वोच्चले बदर गरिदिएको छ ।
फेसबुक पेज Like गर्नुहोस