प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिन काठमाडौं आइपुगे विदेश सचिव
काठमाडौं - भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा गर्न उनी नेपाल आएका हुन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री केहि समय अगाडि काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, परराष्ट्र मन्त्रालयलका सहसचिव गेहेन्द्र राजभण्डारी लगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ भदौ ३१ गते हुने भनिएको भारत भ्रमणको एजेन्डा तय गर्न भारतीय विदेश सचिव काठमाडौं आएका हुन् । भ्रमणले दुई देशबीचको उच्चस्तरीय द्विपक्षीय सम्बन्धलाई थप गति दिने अपेक्षा गरिएको छ ।
परराष्ट्र मन्त्रालयका सचिव राई र मिश्रबीच द्विपक्षीय बैठक बसेर प्रधानमन्त्री ओलीको भारत भ्रमणका विषयमा एजेन्डा तय गरिने छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस