सुनचाँदीको मूल्य घट्यो
खबर एक्सप्रेस
२०८०-११-१४ १२:२७ मा प्रकाशित
Total Shares: 57
काठमाडौं - आज नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन तोलाको एक लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन तोलाको एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस