बालाजुमा बस र मोटरसाइकल ठोक्किँदा युवतीको मृत्यु
खबर एक्सप्रेस
२०७८-०३-०८ ०३:१४ मा प्रकाशित
Total Shares: 288
काठमाडौं - काठमाडौंको बालाजुमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको मोटरसाइकल सोमबार राति ठोकिँदा मोटरसाइकलमा सवार गोरखा भीमसेन गाउँपालिका–७ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने २४ वर्षीय लक्ष्मी परियारको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते परियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक ३४ वर्षीय सिताराम परियारको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस