नागढुंगामा चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ
खबर एक्सप्रेस
२०७७-०२-०४ ०१:१७ मा प्रकाशित
Total Shares: 339
काठमाडौं - चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा नागढुंगा नाकामा खटिएका टोले स्वयंसेवी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरि उत्तम कार्की छन् ।
उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्ने निहुँमा स्वयंसेवीले डाक्टरमाथि दुर्व्यवहार गरेको आरोपमा आइतबार नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।
शुक्रबार दिउँसो कार्कीको समूहले बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गरेका थिए । उनीहरुले फेसबुकमा लाइभ दिँदै कार्कीको गाडी प्रहरीकै अगाडी खानतलासी लिएका थिए ।
फेसबुक पेज Like गर्नुहोस