सगरमाथाको नाम ‘माउन्ट एभरेस्ट’ होइन, सगरमाथा नै भन्नोस् : प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनको विकासका लागि उड्डयन क्षेत्र महत्वपूर्ण भएकाले प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
सोमबारदेखि काठमाडौंमा सुरु भएको एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको सम्मेलनमा प्रधानमन्त्री ओलीले पर्यटनको विकासका लागि ‘कनेक्टिभिटी’ महत्वपूर्ण रहेकाले उड्डयन क्षेत्रको भूमिका उल्लेखनीय भएको बताए ।
उनले नेपाल उड्डयन क्षेत्रको सुधारका लागि ‘आइकाओ’सँग मिलेर काम गर्न तयार रहेको स्पस्ट पारे ।आइकाओको नियम मान्नु कुनै बाध्यता पनि नभइ आवश्यकता रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।उनले नेपालले पर्यटकको आवागमनमा वृद्धि गर्न ‘बुटिक एअरपोर्ट’को विकास पनि गरिरहेको बताए ।
सगरमाथाको नाम ‘माउन्ट एभरेस्ट’ नभइ सगरमाथा नै भएको र नेपालीको पहिचान पनि भएकाले सगरमाथा नै भन्न उनले आग्रह गरे ।
फेसबुक पेज Like गर्नुहोस