काठमाडौं - बझाङको कोटदेवल केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ः४० बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्र बझाङको कोटदेवल आसपास रहेको थियो ।
भूकम्पको धक्का बझाङ तथा आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

.gif)



