काठमाडौं - नेपाली कांग्रेसले जननायक विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा जलवायु सचेतना प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘ग्रीन रन’ प्रतियोगिता सुरु गरेको छ ।
ललितपुरस्थित युएन पार्क नजिकबाट सुरु भएको दौडको उद्घाटन कांग्रेसका सभापति गगन थापाले गरेका हुन्। दौड जावलाखेल पुगेर समापन हुनेछ।
वातावरण संरक्षण र जलवायु परिवर्तनप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित ‘ग्रीन रन’ आयोजना गरिएको बताइएको छ ।
वीपी कोइरालाले अघि सारेको लोकतान्त्रिक मूल्य–मान्यता र सामाजिक उत्तरदायित्वलाई वर्तमान पुस्तासँग जोड्ने प्रयासस्वरूप कार्यक्रम गरिएको कांग्रेसले जनाएको छ।

.gif)



