मोरङ हत्याकाण्ड: ललितपुरमा गाडिएको अवस्थामा शव भेटियो
खबर एक्सप्रेस
२०७८-१०-२० ०८:५७ मा प्रकाशित
Total Shares: 273
काठमाडौं - मोरङको धनपालथान-७ बोर्डिङ टोलको उखुबारीमा २ जनाको हत्याकाण्डमा बेपत्ता रहेका तेस्रो व्यक्तिको शव ललितपुरमा गाडिएको अवस्थामा भेटिएको छ ।
ललितपुरको गोदावरी नगरपालिका-१२ धापाखेलमा तेह्रथुम घर भएका हाल पेप्सीकोलामा बस्ने मोहन लिम्बुको शव भेटिएको हो । उक्त शव करिब एक महिनाअघि गाडिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाका अनिलकुमार मण्डल रहेका छन्। मण्डलको बयानको आधारमा प्रहरीले बेपत्ता रहेका लिम्बुको शव पनि फेला पारेको हो । यसअघि १२ माघमा दुई जनाको शव भेटिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस