कांग्रेस सभापति देउवा आज स्वदेश फर्किदै
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्ति आज सिंगापुरबाट स्वदेश फर्कदैछन् ।
सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन लागेको सा्रेतले जनाएको छ ।
उनीहरू कात्तिक १० गते थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए ।
जेनजी आन्दोलनमा बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । कुटपिटबाट देउवा दम्पत्ति गम्भीर घाइते भएका थिए ।
त्यसपछि देउवा पत्नि आरजु राणा देउवासहित थप उपचारका लागि कात्तिक १० गते सिंगापुर प्रस्थान गरेका थिए ।
देउवा दम्पत्ति कुन रोगको उपचारका लागि सिंगापुर पुगेका हुन भन्ने जानकारी गराइएको छैन। उनीहरूको सिंगापुरमा कुन अस्पतालमा उपचार भएको भन्ने पनि जानकारी सार्वजनिक भएको छैन।
जेनजी घटनापछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते पार्टी केन्द्रीय कार्यालयमा सार्वजनिक भएका थिए ।
उक्त बैठकमा सम्बोधन गर्दै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस