सिन्धुलीको एक होटेलमा खुवाइएको थियो नव नियूक्त मुख्यमन्त्री यादवलाई शपथ
खबर एक्सप्रेस
२०८२-०७-२५ ०७:२० मा प्रकाशित
Total Shares: 129
जनकपुरधाम - मधेस प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।
अबेर राति जनकपुरधाम बाहिर पुगेर प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपदफा ३ बमोजिम मधेसको मुख्यमन्त्री पदमा यादवलाई नियुक्त गरेकी हुन् ।
सिन्धुलीको एक होटलमा भण्डारीले यादवलाई मुख्यमन्त्रीको पदमा शपथ खुवाइन् ।
यादव एमालेबाट प्रदेशसभा सदस्य तथा एमाले मधेस प्रदेश संसदीय दलका नेता हुन् । विश्वासको मत नपाउने भएपछि केही दिनअघि मात्र जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस