काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार तोलामा ७ सयले घटेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९२ हजार ७ सय रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।