बलात्कारको आरोपमा भक्तपुरबाट भारतीय नागरिक पक्राउ
खबर एक्सप्रेस
२०७८-०१-१७ ०१:२४ मा प्रकाशित
Total Shares: 289
काठमाडौं, भक्तपुर - प्रहरीले करणी आरोपमा भक्तपुरबाट भारतीय नागरिकलाई पक्राउ गरेको छ।
बलात्कारको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका–५ छालिङ बस्ने भारत मोतिहारी घर भएका १९ वर्षीय जितेन्द्रकुमार महतोलाई पक्राउ गरेको छ। उनलाई बिहीबार साँझ पक्राउ गरिएको हो।
महतोले किशोरीलाई उनकै कोठामा गएर बलात्कार गरेको किशोरीका परिवारले दावी गरेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस