रामेछाप - रामेछापको मन्थली नगरपालिका २ कठजोरमा गएराति छुरा प्रहार गरी एक जनाको हत्या गरिएको छ । घटनामा दुई जना घाइते भएका छन् । छुरा प्रहारको कारण खुल्न सकेको छैन ।

गाउँमा झारफुक गराएर घर फर्कदै गरेका ६२ वर्षीय विनोदकुमार श्रेष्ठलाई स्थानीय ५० दिलबहादुर श्रेष्ठले छुरा प्रहार गरेका हुन् । छुरा लागेर गम्भीर घाइते उनको उपचारका क्रममा मन्थली अस्पतालमा मृत्यु भएको हो ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका ३५ बर्षिय नारायण श्रेष्ठलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ भने २५ बर्षिय प्रेमवहादुर श्रेष्ठ सामान्य घाईते भएका छन् । छुरा प्रहार गर्ने दिलवहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।