काठमाडौं  - राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएकामा यसपाली भने धारा ६१ अनुसार नियुक्त गरिएको हो।

(जेन–जी) आन्दोलनका बलमा उनलाई नियुक्त गरिएको हो। संविधानको धारा ६१- १ र २ मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ।

राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछ अनि संविधानको पालन र संरक्षण गर्ने व्यवस्था पनि सोही धारामा छ। सोही आधारमा कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो। अहिले सथपग्रहण कार्य भइरहेको छ।