जन आवाजको सुनुवाइ नै लोकतन्त्रको आत्मा हो, सुनुवाइ गर्नुपर्छ: प्रधानमन्त्री कार्की
काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले जनताका बदलिएका आवश्यकता र आकांक्षाप्रति राज्य संयन्त्र संवेदनशील हुनुपर्ने बताएकी छिन्।
संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
पछिल्लो आन्दोलनले राज्यका धेरै पक्षको सुधारको माग गरेको भन्दै उनले सबै पक्षका भावना समेटिने गरी काम गर्ने प्रतिबद्धता जनाइन्।
उनले भनिन- ‘जनआवाजलाई बेवास्ता गर्न वा अस्वीकार गर्न सकिन्न, सुनुवाइ गर्नुपर्छ। जनआवाजको सुनुवाइ नै लोकतन्त्रको आत्मा हो । ‘यसका लागि आवश्यक पर्ने संस्थागत पुनर्संरचना र कानूनमा परिमार्जन गरी सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यलाई चुस्त, प्रभावकारी र जनमुखी बनाउन आवश्यक छ।’
संविधानमा परिवर्तन भन्दा पनि त्यसको भावना र मर्मअनुरूप काम गर्न आवश्यक रहेको बताइन्। उनले आफूलाई दिइएको अभिभारा पूरा गर्न हरतरहले लाग्ने बताइन्।
उनले जनतामा धेरै असन्तुष्टि रहेको र एकैचोटी सम्बोधन गर्न कठिन भए पनि क्रमशस् पूरा गर्दै जाने बताइन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस