कानूनमन्त्री अनिलकुमार सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी
काठमाडौं - कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन् ।
यसअघि उद्योग, कानून लगायत तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री सिन्हालाई थप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
यसअघि मन्त्री सिन्हाले सम्हाल्दै आएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कुमार इमनाङलाई मन्त्री बनाइएको छ ।
आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्ने क्रममा उनले सञ्चारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री सिन्हाले आफू मातहतको संस्थाहरुको नेतृत्व चयन प्रक्रिया सोही संस्थाको हितमा केन्द्रित हुनेगरी गर्ने समेत बताए ।
उनले भने- ‘मलाई नियुक्ति गरिदेउ भन्ने दबाब पनि छैन । दबाब लिनेवाला पनि छैन । तर जे गर्छु, तत्तत संस्थाहरुको हितमा हुनेगरी कामगर्छु ।’
कसैको दबाब र प्रभावमा परेर आफूले संस्थाहरुको नेतृत्व नियुक्ति नगर्ने उनको भनाई थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस