‘याे सरकारलाई हाम्रो समर्थन छैन, चिठी लेख्न मात्र बाँकी’
काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सम्पन्न भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको बैठकमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनबारे अझै केही दिन निर्णय नगर्ने निष्कर्ष निकाल्दै बैठक सकिएको हो ।
सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिनेबारे छलफल भएपनि निर्णय भने नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । याे सरकारलाई आफूहरुको समर्थन नरहेको र प्राविधिक रुपमा पत्र लेख्न मात्र बाँकी रहेकाे पनि उनले बताएका छन् । ‘यो सरकारलाई हाम्रो समर्थन छैन । प्राविधिक रुपमा पत्र लेख्न मात्र बाँकी हो’ उनले भने ।
उनले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई वर्तमान सरकारलाई समर्थन दिने कि नयाँ सरकार बनाउने भन्ने विषयमा स्पष्ट हुन आग्रहसमेत गरेका छन् । उहाँहरूले सरकारलाई नै समर्थन गर्ने भए पनि ठिक छ। मिलेर नयाँ सरकार बनाउने भए पनि झन् राम्रो। तर उहाँहरू छिटो स्पष्ट हुनु पर्यो।' उनले भनेका छन् । त्यसपछि राजनीतिले नयाँ मोड लिने उनकाे भनाई छ ।
सर्वोच्चले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई खारेज गरिदिएपछि माओवादीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
फेसबुक पेज Like गर्नुहोस