काठमाडौं - नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ताप्लेजुङ जिल्ला कमिटी सदस्य पक्राउ परेका छन्।

प्रहरीले बिहिबार राति सदरमुकामबाट सागर लिम्बुलाई पक्राउ गरेको हो ।  उनलाई विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

उनलाई शुक्रबार जिल्ला अदालत ताप्लेजुङमा उपस्थित गराइएको छ । लिम्बुलाई अदालतकै आदेशमा प्रहरीले पक्राउ गरेको हो ।