अमेरिकामा राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बनिन् कमला
काठमाडौं, एजेन्सी - अमेरिकाका राष्ट्रपति जो बाइडेन शुक्रवार अस्पतालमा भर्ना भए । बाइडेन अस्पताल भर्ना भएपछि उनले केही समयका लागि उपराष्ट्रपति कमला ह्यारिसलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सुम्पे ।
शुक्रवार नियमित स्वास्थ्य परीक्षणकको क्रममा बाइडेन वाल्ट रिड मेडिकल सेन्टरमा एक घण्टा २५ मिनेट एनेस्थेसियामा गए । कोलोनोस्कोपीका लागि उनी यति समय एनेस्थेसियामा गएका थिए । उक्त सममा अमेरिकाका राष्ट्रपतिको शक्ति कमला ह्यारिसको हातमा गएको ह्वाइट हाउसले जनाएको छ । उक्त समयमा कमला ह्यारिसले राष्ट्रपतिको भूमिका निभाएको ह्वाइट हाउसकी प्रेस सचिव जेन पास्कीले उल्लेख गरेकी छन् ।
यसरी राष्ट्रपतिको अधिकार पाउने कमला पहिलो महिला भएको बताइएको छ । यतिमात्र हैन यस्तो शक्त पाउने उनी पहिलो अश्वेत र पहिलो दक्षिण एसियाली मुलकी महिला पनि हुन् ।
बाइडेन आज ७९ वर्ष पुगेका छन्। आजै उनले जन्मदिन पनि मनाउँदैछन् । जन्मदिन मनाउनुअघि उनी आफ्नो स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका थिए । कोलोनोस्कोपी गर्दा बेहोस पार्नुपर्ने भएकाले उनले कार्यवाहक राष्ट्रपतिको जिम्मा उपराष्ट्रपतिलाई सुम्पेका हुन् ।
फेसबुक पेज Like गर्नुहोस