प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकिँदै, आजै नाम अनुमोदन गर्ने तयारी
खबर एक्सप्रेस
२०८०-०९-०२ १०:४७ मा प्रकाशित
Total Shares: 68
काठमाडौं - सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सोमबार सकिँदैछ ।
सुनुवाइका लागि बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको हो ।
सोमबार सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको सुनुवाइ गर्ने कार्यसूची छ।
योसँगै प्रस्तावित ६ जनाकै सुनुवाइ सकिनेछ । सुनुवाई सकेपछि आजै नाम अनुमोदन गर्ने तयारी छ। यसअघि महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानको संसदीय सुनुवाइ भइसकेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस