काठमाडौं - सरकारले सबै सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट पुर्याउने भएको छ। शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७ ७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले यस्तो घोषणा गरेको हो। 

बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सबै सामुदायिक विदालयमा उच्च गतिको इन्टरनेट र आधुनिक प्रयोगशाला निर्माण गर्ने घोषणा गरेकी हुन्। सँगै शिक्षा क्षेत्रमा सरकारले विभिन्न नयाँ योजना ल्याएको छ।