काठमाडौं - संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ः१५ बजे सिंहदरबारस्थित राष्ट्रियसभा हलमा बस्नेछ । यो राष्ट्रियसभाको १९औँ अधिवेशनअन्तर्गत सातौँ बैठक हो ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गर्ने कार्यक्रम छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘पर्यटन विधेयक, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

साथै, उनले सोही विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि राख्ने कार्यसूची छ ।