कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०६-०८ ०४:३८ मा प्रकाशित
Total Shares: 354
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५० हजार ४११ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४५७ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७२.७ प्रतिशत संक्रमित निको भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस