काठमाडौं - नयाँ आर्थिक वर्षलाई लक्ष्य गरी सनिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरूमा मासिक ब्याज प्रदान गर्ने भएको छ।

बैंकले नेपाली तथा विदेशी मुद्राः अमेरिकी डलर, युरो, ब्रिटिस पाउन्ड, अस्ट्रेलियन डलर आदिका खाताहरूमा मासिक ब्याज दिन लागेको हो। यो योजना बचत खाता, कल खाता तथा सम्पूर्ण खाताहरूमा लागू भएको छ।

साथै, न्यूनतम अवधिमा ५ गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्दती खाता ल्याएको छ।

योजना      सानिमा रेमिटेन्स धमाका मुद्दती खाता      सानिमा धमाका मुद्दती खाता        सानिमा कर्पोरेट धमाका मुद्दती खाता

दुई गुणा        ५.७९ वर्ष (६९ महिना र १४ दिन)                 ६.३२ वर्ष (७५ महिना र २४ दिन)            ६.९४ वर्ष (८३ महिना र ७ दिन)

तिन गुणा        ९.१८  वर्ष (११० महिना र ३ दिन)                 १०.०१ वर्ष (१२० महिना र १ दिन)              ११  वर्ष (१३१ महिना र २८ दिन)

चार गुणा        ११.५८ वर्ष (१३८ महिना र २९ दिन)            १२.६३ वर्ष (१५१ महिना र १४ दिन)        १३.८८ वर्ष (१६६ महिना र १५ दिन)

पाँच गुणा        १३.४५ वर्ष (१६१ महिना र २ दिन)              १४.६६ वर्ष (१७५ महिना र २५ दिन)       १६.१२ वर्ष (१९३ महिना र १० दिन)

न्यूनतम मौज्दात      रू. ५००,०००                                 रू.५००,०००                                                रू. १,०००,०००

मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् एकमुष्ट ५ गुणासम्म भुक्तानी गरिने बैंकले जनाएको छ। व्यक्तिगत ग्राहकलाई आवश्यक परेमा निक्षेपको ९० प्रतिशतसम्म ऋण तथा निःशुल्क क्रेडिट कार्ड लिन सक्ने व्यवस्था पनि गरिएको छ।

त्यस्तै, मासिक बचत गरी अधिकतम ब्याज आर्जन गर्न चाहने ग्राहकलाई लक्षित गरी मासिक प्राप्त ब्याज तथा किस्ता रकम समेत मुद्दतीमा नै जम्मा हुने गरी १ देखि ५ वर्षको सानिमा रिकरिङ खाता समेत सुरू गरेको छ। यसमा भविष्यमा ब्याज घट्ने चिन्ता समेत हुँदैन।

सानिमा बैंकको देशभर सात प्रदेशमा १२७ कार्यालय र १२० वटा एटिएम संचालनमा छन्।