काठमाडौं - भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

किशोरीमाथि बलात्कार गरेको आरोपमा मध्यपुर ठिमी नगरपालिका–६ पुरानोठिमी बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–२ घर भएका २८ वर्षीय प्रदिप मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई सोमबार साँझ पक्राउ गरेको  हो ।  

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।