आईसीसी विश्वकप लिग-२ : आज नेपाल र स्कटल्यान्ड भिड्दै
खबर एक्सप्रेस
२०८१-०७-१३ ०९:०६ मा प्रकाशित
Total Shares: 51
काठमाडौं-आईसीसी विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीचको खेल हुँदैछ । खेल आज राति सवा ९ बजेबाट सुरु हुनेछ ।
अमेरिकामा चलिरहेको लिग २ का खेलमा आज नेपाल स्कटल्यान्डलाई पराजित गरी निरन्तरको हारबाट जोगिन चाहन्छ ।
अहिलेसम्म खेलिसकेको ९ खेलमध्ये ८ खेलमा नेपाल पराजित भएको छ । नेदरल्यान्डस्लाई गत फेब्रुअरीमा ९ विकेटले पराजित गरेको थियो ।
त्यसयता लिग २ को खेलमा नेपाल जितबिहीन छ । नेपाल अंकतालिकामा सातौँ स्थानमा छ ।
फेसबुक पेज Like गर्नुहोस