माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बिहान ११ बजे बोलाइएको बैठक नबस्ने भएको हो ।
अधिकांश स्थायी समिति सदस्यहरु राजधानी बाहिर रहेकाले आजको बैठक नबस्ने सूचना आएको एक नेताले जानकारी दिए । अर्को बैठक बस्ने मिति भने तोकिएको छैन ।
माओवादी केन्द्रको आजको बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भएको थियो । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई खारेज गरिदिएपछि माओवादीले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
तर, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शुक्रबार प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्न अग्रसरता लिने निर्णय गरेपछि माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिन चासो देखाएको हो ।
फेसबुक पेज Like गर्नुहोस