कांग्रेसको घोषणा पत्र सार्वजनिक कार्यक्रम दोस्रो पटक स्थगित
खबर एक्सप्रेस
२०७९-०७-०७ ०९:१८ मा प्रकाशित
Total Shares: 236
काठमाडौं - नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि तयार पारेको घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम फेरि स्थगित गरेको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बिहान विज्ञप्ति निकालेर अनिश्चितकालका लागि घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको बताएका छन्।
आइतबार अपरान्ह ५ बजे घोषणा पत्र सार्वजनिक गर्ने कांग्रेसको तयारी भए पनि स्थगित गरिएको थियो। सोमबार बिहान १०:३० बजे घोषणा पत्र सार्वजनिक गर्ने भने पनि आज पनि घोषणा पत्र सार्वजनिक नहुने भएको छ।


.gif)



फेसबुक पेज Like गर्नुहोस