काठमाडौं - सेती प्रादेशिक अस्पतालका उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका-९ प्रतापपुरका २१ वर्षीय कोरोना संक्रमित युवा डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा दुई पटक पिसिआर परीक्षण गर्दा उनमा कोरोना नेगेटिभ देखिएपछि आज डिस्चार्ज गरिएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।

भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै कैलाली फर्किएका उनीहरुलाई चैत १२ गते विद्यालयको क्वारेन्टाइनमा पुर्‍याइएको थियो । उनलाई चैत २१ गते गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि प्रादेशिक अस्पतालमा उपचार थालिएको थियो । 

यससँगै नेपालमा कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुने उनी चौथो व्यक्ति भएका छन्। हालसम्म नेपालमा ३१ जना कोरोना संक्रमित भेटिएका छन् । बाँकी बिरामी मुलुकका विभिन्न अस्पतालमा उपचाररत छन्।