काठमाडौं - काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक स्कुटर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–८ माकलबारीका ४१ वर्षीय विष्णु थापाको रहेका छन् ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित पाँचपोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिन्डर र दुई वटा अग्नि नियन्त्रक यन्त्र ‘लोड’ भएको सवारीसाधनको सिलिन्डर विष्फोट भएको थियो ।
विस्फोटबाट उछ्टिएको टुक्राले लागेर स्कुटर चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

.gif)



