प्रिन्सिपल सर्राफ हत्या प्रकरण : ५ आरोपी सार्वजनिक
बारा-बाराको कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्यामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ। हत्यामा संलग्न आठ जना व्यक्ति प्रत्यक्ष संलग्न रहेकोमा ५ जना पक्राउ परेका हुन्।
कलैया भरतचोक नजिकै सोमबार दिउँसो भएको सर्राफको हत्यामा संलग्न ५ जनालाई बुधबार बारा प्रहरीले सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा कलैया उपमहानगर पालिका २ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंहलाई बारा प्रहरी प्रमुख उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए।
मुख्य अभियुक्त एवम् योजनाकार मनोज गुप्ता भारतमा फरार रहेको काफ्लेले बताए।
सर्राफलाई गोली हान्ने व्यक्ति पेशेबर सुटर रहेको पनि प्रहरीले जनाएको छ। प्रहरीले हत्यामा प्रत्यक्ष संलग्नता ८ जनाको भएपनि पाँच जना मानिस अनुसन्धानको दायरामा आएको र थप मानिसहरुसँग पनि सोधपुछको कार्य भइरहेको जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस