१ किलो ४०० ग्राम सुनसहित तीन पक्राउ
खबर एक्सप्रेस
२०७६-०५-२३ ११:०० मा प्रकाशित
Total Shares: 667
काठमाडौं - प्रहरीले एक किलो ४०० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा गार्ड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले तनहुँका ५० वर्षीय होमबहादुर गुरुङसहित तीन जनालाई सोमबार पक्राउ गरेको हो ।
कतारबाट आएका गुरुङलाई एक किलो ४०० ग्राम सुनसहित विमानस्थलको आगमन कक्षबाट पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए ।
प्रहरीले गुरुङलाई विमानस्थलमा लिन पुगेका अन्य दुई जनालाईसमेत पक्राउ गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस