बिमा शुल्क संकलनमा नेपाल लाइफको अग्रता
काठमाडौं - मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ । पछिल्लो समय निरन्तर रुपमा एकपछि अर्को अब्बलता हासिल गर्न सफल बनेको नेपाल लाइफले मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा समेत फड्को मार्दै सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको जिकिर गरेको हो ।
कम्पनीले आर्थिक वर्षको पहिलो ५ महिना अर्थात मंसिर अन्त्यसम्मको अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ । आगामी दिनमा यसलाई अरु बढाउने योजनाका साथ काम गरेको कम्पनीले जनाएको छ । जीवन बीमाको क्षेत्रमा नेपाल लाइफ देशकै १ नम्वर कम्पनी हो । कम्पनीले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाल लगायत सञ्चार माध्याम मार्फत ‘नेपालकै नं १’ अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै एउटा अभियान नै सञ्चालन गरेको थियो । जुन अभियानले बजारमा सकारात्मक प्रभाव पारेको दाबी कम्पनीले गरेको छ ।
जीवन बीमाको विश्वसनीयता तथा जीवन बीमामा आकर्षण बढाउने उद्देश्यका साथ कम्पनीले पुष ६ देखि ‘नेपालकै नं. १’ अभियान सार्वजनिक गरेको थियो । कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले अभियानमार्फत कम्पनीलाई यो उचाईँसम्म पु¥याउन सकिएको जानकारी दिएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस