थप २ हजार ४८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु
काठमाडौं - नेपालमा थप २ हजार ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बुधबार थप २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ९ हजार ७११ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणका क्रममा १ हजार ८६२ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी ५ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ६२० जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ४४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ।

.gif)


फेसबुक पेज Like गर्नुहोस