अब लाइसेन्स, बिलबुक हराएमा अनलाइनबाटै भर्न सकिन्छ फारम
काठमाडौं - अब हराएको सवारी चालक अनुमति पत्र (लाइसेन्स), सवारी इजाजत पत्रको सिफारिस र सवारी दर्ता किताब लिन ट्राफिक कार्यालय पुग्नु नपर्ने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबारदेखि हराएको सिफारिस पत्र लिन अनलाइनबाट नै फारम भर्न सक्ने बनाएको हो।
यससँगै महामारीको समयमा सेवाग्राहीलाई सास्ती कम हुने र प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम ढकालले बताए ।
अनलाइन प्रणाली सुरू भएसँगै सेवाग्राहीले घर बसेरै सिफारिस रिपोर्ट लिन सकिनेछ । सिफारिको लागि ट्राफिक प्रहरीको वेबसाइट https://traffic.nepalpolice.gov.np/ मा गई लस्ट डकुमेन्ट्स एप्लिकेसनमा क्लिक गर्नुपर्ने हुन्छ।
सेवाग्राहीले अनलाइनबाट फारम भरेको २४ घण्टापछि सिफारिस प्राप्त गर्न वा लिन सक्नेछन्।
फेसबुक पेज Like गर्नुहोस