काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरु लाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ ।

यसै क्रममा बैंकले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका, मदानपुरमा ८८ओैँ शाखारहित बैंकिङ सेव प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनकालागि स्थानीय व्यवसायी सुब्बालाल श्रेष्ठलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ८८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १२ लाख ८०हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।