अपूर्व क्षितिजको मुद्दा न्यायाधीश मैनालीको इजलासमा
खबर एक्सप्रेस
२०७९-०७-०३ ०२:०६ मा प्रकाशित
Total Shares: 263
काठमाडौं - जातीय टिप्पणी गरेको आरोपमा पुन: पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश मावधप्रसाद मैनालीको इजलासमा उनको पेसी तोकिएको छ । क्षितिजको आज थुनछेक बहस हुने अदालतका प्रवक्ता दिपक दाहालले जानकारी दिए।
यसअघि भदौ १२ गते पक्राउ परेर भदौ २३ गते रिहा भएका सिंहलाई सोमबार काठमाडौंबाटै पक्राउ गरेको थियो । उनीमाथि नेवाः समुदायको भावनामा आँच पुर्याएको अभियोग छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस