तत्काल शैक्षिक संस्था बन्द नगर्ने पक्षमा सरकार, स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड सार्वजनिक गरिने
काठमाडौं - सरकारले मुलुकमा कोरोना संक्रमणको जोखिम बढेपनि शैक्षिक संस्थालगायत कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने भएको छ ।
कोरोनाको बढ्दो जोखिमका विषयमा केन्द्रित भई प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तत्काल शैक्षिक संस्थालगायत कुनै पनि क्षेत्र बन्द नगर्ने तर, थप रणनीति तय गर्ने निर्णय गरेको हो ।
कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालले कम्तिमा तीना साता विद्यालय बन्द गर्न सरकालाई सिफारिस गरेका थिए। तर, सोमबार बिहान शिक्षा मन्त्रालयसँगकाे छलफलमा सरोकारवाला पक्षले भने परीक्षाहरु आइरहेको र कोरोना संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट गर्न नहुने सुझाव दिएका थिए । उक्त सुझावलाई सकारातमक रुपमा लिँदै मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
यस्तै, बैठकले स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने पनि निर्णय गरेको छ । त्यसका लागि आज पत्रकार सम्मेलन गरेर स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड सार्वजनिक गरिने तयारी भएको छ ।
फेसबुक पेज Like गर्नुहोस