काठमाडौं - सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले हेलम्बुमा रहेका सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बगाएको छ।

साथै, बाढीले जनधनको क्षति गरेको आशंका गरिएको छ। मंगलबार साँझ मेलम्ची नदीमा बाढी आएको र त्यसले जनधन क्षति गरेको प्रहरीले जनाएको छ । 

घटना मंगलबार साँझ सात बजेको हो। नदीको माथिल्लो भागमा पहिरो खसेको र पहिरो खुल्दा नदीमा पानीको बहाव बढेको प्रहरीको भनाई छ । बाढीले हताहत भएको खबर आए पनि विवरण आउन बाँकी रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले बताए । 

उनका अनुसार मेलम्ची नगरपालिकाका केही स्थानमा बाढी पसेको छ।