काठमाडौं - सरकारले जर्मनीको बोनस्थित नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने निर्णय गरेको छ ।

शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले सोबारे जानकारी दिएका हुन् । 

यस्तै, राजदूत नियुक्ति सम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णय भएको गुरुङले बताए ।