थप १६२ जनामा कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-१२-१८ ०५:०८ मा प्रकाशित
Total Shares: 317
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १६२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ३० पुगेको छ । आज कोरोनाबाट थप व्यक्तिको मृत्यु नभएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ हजार ४९३ रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस