स्वास्थ्य मन्त्रालयको ३ बुँदे अनुरोध : ‘सिफ्टमा विद्यालय सञ्चालन गर्नू’
काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सिफ्टमा विद्यालय सञ्चालन गर्न अनुरोध गरेको छ ।
शुक्रबार तीन बुँदे अनुरोधसहितको विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अपनाउँदै विद्यालय चलाउन र सकेसम्म दुई सिफ्टमा विद्यालय चलाउन सरोकारवालासँग आग्रह गरेको हो ।
संक्रमण फैलिएको वा संक्रमणको जोखिम उच्च भएको भनी पहिचान गरेका जिल्ला, शहर र स्थान विशेषको हकमा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णय बमोजिम त्यस्ता विद्यालयहरु बन्द वा तोकिए बमोजिम सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।
‘स्थानीय तहको निर्णयअनुसार विद्यालय बन्द वा तोकिएबमोजिम सञ्चालन गर्नु हुन र बन्द गरिएका विद्यालयहरू पुनस्सञ्चालन गर्दा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ मा तोकिएको विधि तथा प्रक्रियाहरूको पालना गर्नु हुनका साथै विद्यालयहरू बन्द वा आंशिक रूपमा सञ्चालन भएको अवस्थामा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका ०७७ ले गरेको व्यवस्था बमोजिम सिकाइ क्रियाकलापलाई निरन्तरता दिनु हुन अनुरोध गरिन्छ,’ मन्त्रालयले भनेको छ।
विज्ञप्ति:-
फेसबुक पेज Like गर्नुहोस