काठमाडौं - बंगलादेशविरुद्ध २८ रनले जित हासिल गरेपछि इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकपको मुख्य दावेदारमध्येको एक भारत सेमिफाइनलमा पुगेको छ ।

सेमिफाइनलमा पुग्ने अष्ट्रेलियापछिको दोस्रो टिम भारत बनेको छ । भारतले लिग चरणको ८ खेलमा १३ अंक जोडेको छ । लिगको अन्तिम चरणमा उसले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

बर्मिङघमको एजबास्टोन रंगशालामा ३१५ रनको लक्ष्य पछयाएको बंगलादेशले ४८ ओभरमा सबै विकेट गुमाएर २८६ रनमात्र रनमात्र जोड्न सक्यो ।

उच्च लयमा रहेका शकिब अल हसनले ६६ रनको अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यानले उनलाई गतिलो साथ दिन नसक्दा बंगलादेशले झिनो हार व्यहोरेको हो । यो हारले पहिलोपल्ट विश्वकपको सेमिफाइनलमा पुग्ने बंगलादेशको सपना कम्तीमा ४ वर्षका लागि धकेलिएको छ ।