सुनसरी - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु तथा १६ जना घाइते भएको घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सोमबार बिहान बसेको बैठकले गृह मन्त्रालयका गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिइएको छ ।

.gif)


