काठमाडौं - नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन अघि स्थानीयले विरोध गरेका छन् ।
आज पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष लगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गर्न लागिएको छ ।
तर नागढुङ्गा सुरुङमार्ग पीडित सङ्घर्ष समितिले आफ्ना समस्याहरू सम्बोधन हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
सुरुङमार्गको उद्घाटन भइरहँदा चन्द्रागिरि नगरपालिकामा भने स्थानीयले विभिन्न माग राखेर विरोध प्रदर्शन गरेका छन् । समितिको धर्नालाई प्रहरीले हस्तक्षेप गरेको छ । स्थानीयले विभिन्न माग राखेर बलम्ब फ्लाइओभर नजिकै धर्नामा बसेका थिए ।
ब्यानरसहित धर्नामा बसेका उनीहरुलाई प्रहरीले हटाएको हो ।
पीडित बासिन्दाहरूले आकाशेपुल यथाशीघ्र निर्माण गर्नुपर्ने र सडक पेटी फराकिलो बनाउनुपर्ने माग गरेका छन् । आयोजनाबाट प्रभावित पीडितहरूलाई रोजगारी सुनिश्चित गर्नुपर्ने उनीहरुको माग छ ।

.gif)



