काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपपछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरूसँग छलफल गरेका छन्।

सोमबार सिंहदरबारमा गृहमन्त्रीले घटनाको पछिल्लो अवस्थाबारे सुरक्षा निकायबाट ब्रिफिङ लिएका हुन्।