राजा हामीलाई चाहिँदैन, म चाहिँ हिन्दुराष्ट्रको पक्षमा छु : शशांक कोइराला
खबर एक्सप्रेस
२०८१-१२-१७ ०६:३७ मा प्रकाशित
Total Shares: 152
काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू हिन्दुराष्ट्रको पक्षमा रहेको बताएका छन् ।
सोमबार संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले आफू हिन्दूराष्ट्रको पक्षमा रहेको स्पष्ट पारे ।
‘राजालाई हामीले पटक पटक मौका दियौं, अवसर दियौँ। उसले दुरुपयोग गर्यो। अब के ग्यारेन्टी छ कि उसले दुरुपयोग गर्दैनरु,’ उनले भने, ‘त्यसैले अब राजा हामीलाई चाहिँदैन। हिन्दुराष्ट्रको पक्षमा चाहिँ म छु।’
यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पटक-पटक अवसर दिँदासमेत सत्ताको दुरुपयोग गरेको उनको आरोप छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस